
बैतडी–बैतडीको सिगास गाउँपालिकाले आधारभूत तह कक्षा ८ को पालिकास्तरीय परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । गाउँपालिकाले सोमबार प्रकाशन गरेको परीक्षाफल अनुसार ६ ओटा विद्यालयका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षामा सहभागी भएका २३ ओटा विद्यालय मध्ये ६ ओटा विद्यालयले शतप्रतिशत नतिजा प्राप्त गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले जानकारी दिए । चैत २ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ सय ९४ जनामध्ये १५ जना अनुपस्थित रहेका थिए । परीक्षामा सहभागी भएका परीक्षार्थी मध्ये ३ सय ७७ जना उत्तीर्ण भएका शिक्षा शाखा प्रमुख भट्टले बताए ।
यस्तै ८८ जना विद्यार्थी बढीमा दुई बिषयमा अनुत्तीर्ण भएकाले उनीहरुले स्तरवृद्धि परीक्षा दिन पाउने भएका छन् । आगामी वैशाख ११ र १२ गते स्तरवृद्धि परीक्षा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।
परीक्षामा सहभागी भएका उदय मावि गन्सुर, शिव मावि गडतोला, भुवनेश्वरी मावि खैरकोट, भूमीराज स्वामी आबि बेसरा, रण आवि कोटिला र जनचेतना आवि लुपुडका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।