Sagun Khabar
बैतडीको शिवनाथमा चितुवाको आक्रमणबाट एक महिला घाइते 

बैतडी –बैतडीको शिवनाथमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् । 

जिल्लाको शिवनाथ गाउँपालिका–१ मटेलाकी ३९ बर्षीया विन्दरा साउँदमाथि चितुवाले आक्रमण गरेको हो । 

Atrya hospital

स्थानीय जंगलमा बाख्रा चराउन गएकी साउँदलाई मंगलबार दिउँसो १ बजेतिर चितुवाले आक्रमण गरेको स्थानीय दशरथ चाडले बताए । चितुवाले पहिला बाख्रामाथि आक्रमण गरेको र त्यसपछि विन्दारामाथि आक्रमण गरेको उनले बताए । 

विन्दरासंगै रहेका अरु गोठलाहरुले होहल्ला गरेपछि चितुवा भागेको थियो । 

चितुवाको आक्रमणबाट घाइते भएकी विन्दराको टाउको,मुख र गर्धनमा चोट रहेको चाडले बताए । उनलाई उपचारका लागि भारतको लुवाघाट लगिएको छ । 

चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछि स्थानीयबासिन्दाहरु त्रसित बनेका छन् । तल्लोसोराड क्षेत्रमा २०६८ सालयता चितुवाले बेलाबेलामा मानिसमाथि आक्रमण गर्दै आएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update