Sagun Khabar
लागू औषध खैरो हेरोईनसहित बैतडीका एकजना कञ्चनपुरमा पक्राउ 
Atrya hospital

बैतडी –लागू औषध खैरो हेरोइनसहित बैतडीका एकजना कञ्चनपुरमा पक्राउ परेका छन् । 

बैतडीको पुर्चौंडी नगरपालिका–७ कोटिलाका २८ बर्षीय उत्तम बिष्टलाई गडडचौकी सीमा नाकाबाट पक्राउ गरिएको हो । भारतबाट नेपाल आउँदै गरेका बिष्टलाई लागू औषध खैरो हेरोइनसहित पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । 

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले १ दशमलव ८८ ग्राम खैरो हेरोईनसहित बिष्टलाई नियन्त्रणमा लिएको बताइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update