Sagun Khabar
मणिलेक बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका ओझा प्यानलसहित विजयी 

बैतडी–बैतडीको मेलौलीस्थित मणिलेक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघका मनोजदत्त ओझा प्यानलसहित विजयी भएका छन् । आज भएको निर्वाचनमा ४८ मत ल्याएर ओझा स्ववियु अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका सरोज भट्टले ३७ मत ल्याए । अखिल क्रान्तिकारीका अध्यक्ष पदकी उम्मेदवार कल्पना भट्टले २१ मत ल्याइन् । 

यस्तै सचिवमा नेविसंघका दर्शन नेगी ५३ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी अनेरास्ववियुकी उर्मिला नायकले ३७ मत ल्याइन् । अखिल क्रान्तिकारीका सचिव पदका उम्मेदवार धनवीर दयालले १८ मत प्राप्त गरे । 
यस्तै स्ववियु कोषाध्यक्षमा नेविसंघकी पूजा चन्द ५२ मत ल्याएर विजयी भइन् भने उनका प्रतिस्पर्धी अनेरास्ववियुकी लक्ष्मी ओझाले ४० मत प्राप्त गरिन् । अखिल क्रान्तिकारीकी कोषाध्यक्ष पदकी उम्मेदवार दिया दयालले १४ मत ल्याइन् । 

Atrya hospital

सदस्य पदमा नेविसंघका बिना ओझा (५९), रमेशदत्त ओझा (५६), सृजना चन्द (५६) र तेज ओड (५७) मत ल्याएर विजयी भएका छन् । 

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको मणिलेक बहुमुखी क्याम्पसमा १ सय २५ जना विद्यार्थी मतदाता रहेकोमा १ सय ११ मत खसेको थियो । 

यस्तै समानुपातिकतर्फ नेपाल विद्यार्थी संघले ५५, अनेरास्ववियुले ३७ र अखिल क्रान्तिकारीले १७ मत ल्याएको निर्वाचन अधिकृत भवानीसिंह नायकले बताए । 
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update