
बैतडी –बैतडीको पाटन बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका सञ्जय भण्डारी प्यानलसहित विजयी भएका छन् ।
बुधबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को संयुक्त प्यानलका उम्मेदवार भण्डारीले १ सय ५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटम प्रतिस्पर्धी जनजागरण स्वतन्त्र विद्यार्थी युनियनका गौतमप्रसाद अवस्थीले ५६ मत ल्याए भने नेविसंघकी अध्यक्षकी उम्मेदवार माधवी भट्टले १६ मत ल्याइन् ।
सचिवमा संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका प्रकाश भट्टले ९६ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्रका कमला भट्टराईले ५५ मत ल्याइन् । नेविसंघकी सचिवकी उम्मेदवार चाहना बिष्टले २६ मत ल्याइन् ।
कोषाध्यक्षमा संयुक्त प्यानलबाट अनेरास्ववियुका गजेन्द्र चुनारा १ सय ७ मतका साथ विजयी भएका छन् भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दिनेश प्रसाद भट्टले ४९ मत ल्याए । नेविसंघका कोषाध्यक्ष पदकी उम्मेदवार कौशिला साउँदले १९ मत ल्याइन् ।
सदस्यमा सन्तोष जोशी १०४, जमुना पन्त ९५, कविता कुमारी महरा ९५ र यसोदा ऐरी ९४ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।