Sagun Khabar
उदयदेव प्रिमियर लिगको उपाधि आयोजक पाटन भ्याली क्रिकेट क्लबले जित्यो

बैतडी – बैतडीको पाटनमा सम्पन्न दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) टि २० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पाटन भ्याली क्रिकेट क्लबले जितेको छ । बिहिबार सम्पन्न फाइनल खेलमा बनारसी क्रिकेट क्लबमाथि ६ विकेटको जित निकाल्दै भ्याली उपाधि जितेको पाटन भ्याली क्रिकेट क्लबका अध्यक्ष सन्तोश जोशीले बताए । 

उपाधि संगै भ्यालीले १ लाख १ हजार १११ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै उपविजेता बनेको बनारसीले ४५ हजार ५५ रुपैयाँ नगदसहित ट्रफी,मेडल र प्रमाणपत्रमा चित्त बझायो ।

Atrya hospital

जितका लागि पाएको ७३ रनको लक्ष्य भ्यालीले ८ दशमलब १ ओभरमा ४ विकेटको क्षतीमा भेट्टाएको हो । जसमा सन्दीप विष्टले सर्वाधिक २८ रन बनाएका थिए ।

यसअघि श्रीकृष्ण माविको खेलमैदानमा पहिला ब्याटिंग गरेको बनारसी १४ दशमलब ३ ओभरमा ७२ रनमा समेटिएको थियो ।

विजेता उपविजेता खेलाडीहरुलाई पाटन नगरपालिकाका उपप्रमुख कमल बोहरा, जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी, पाटन भ्याली क्रिकेट क्लबका अध्यक्ष सन्तोस जोशीलगायतले पुरस्कार वितरण गरेका हुन । 

पाटन भ्याली क्रिकेट क्लबको आयोजनामा चैत २२ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो । भ्याली लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । पहिलो संस्करणको उपाधि पनि भ्यालीले हात जितेको थियो ।

खेलकुदलाई कृषि तथा पर्यटनसँग जोड्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक पाटन भ्याली क्रिकेट क्लबका अध्यक्ष सन्तोश जोशीले बताए ।

 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update