
बैतडी- बैतडीमा एक जना मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका १० चौडका अन्दाजी ७८ वर्षीय धर्मान्नद भट्ट सोही वडाको लच्छा खोलामा विहीबार मृत भेटिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
भट्टको भीरबाट लडेर मृत्यु भएको आशंका गरिएको छ । भट्ट चैत २६ गतेदेखी घरबाट सम्पर्क विहीन भएका थिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१ १८:४०
प्रतिक्रिया दिनुहोस्