Sagun Khabar
बैतडीमा असिना पानीले तरकारी र गहुँ बालीमा ब्यापक क्षती

बैतडी- बैतडीमा असिना पानीले तरकारीको र गहुँ बालीमा ब्यापक क्षती पु¥याएको छ । शनिबार दिउँसो परेको असिना पानीले पाक्नै लागेको गहुँ बाली र तरकारीमा क्षती पु¥याएको हो ।

वर्षासंगै शनिबार अपरान्ह परेको असिनापानीले पाक्न लागेको गहुँबाली,तरकारी र बेर्नामा व्यापक क्षती पुगेको किसानहरुले बताएका छन् ।

Atrya hospital

जिल्लाको मेलौली, दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा परेको वर्षासंगैको असिनाले आलु,तरकारी, फलफूल र अन्नबालीमा क्षति र्पुयाएको हो ।

आलु, प्याज, लसुन तथा  खुर्सानी र टमाटरका बेर्ना मा असिनापानीले व्यापक क्षती पु¥याएको सुर्नया गाउँपालिका–६ मोतिनगरका किसान पदम राज भट्टले बताए । यस्तै बन्दा, काउली , खुर्सानीलगायतका तरकारीमा बेर्नामा  क्षती पु¥याएको उनले बताए ।  

अन्नबाली भित्र्याउने समयमा परेको असिनाले पाक्नै लागेको गहुँबालीमा व्यापक क्षति पुर्याएको पाटन नगरपालिका ०९ की किसान जयन्ती बिजलेले बताईन् । असिनाले खेतबारी पुरै सेताम्मे भएका छन् । उनले भन्नुभयो,“गहुँ पाकेर भित्र्याउने तयारी भएको थियो,असिनापानीले सबै नष्ट गरेको छ, आलुका बोट नै सखाप पारेको छ ।”

असिनाले गहुँबालीका तरकारी नष्ट गरेको दोगडाकेदार ६ सित्तडका दलबहादुर कार्कीले बताए । फलफूल,आलु, प्याज, लसुन तथा खुर्सानी र बन्दा, काउली , टमाटरका बेर्ना पनि नष्ट गरेको छ ।

पाक्न थालेको बालीनाली र तरकारी असिनापानीले सबै नष्ट पारेपछि किसानहरु चिन्तित भएका छन्  । असिनापानीले अन्नबाली र तरकारीमा व्यापक क्षति गरेपछि उत्पादनमा कमी आउने देखिएको छ । यसले खाद्यसंकट निम्तिने जोखिम बढेको छ ।

कृषि ज्ञान केन्द्र बैतडीले क्षतिको एकिन विवरण आउन नसकेपनि अन्नबाली र तरकारी असिनाले व्यापक रुपमा नष्ट गरेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update