
कालीकोट – कालीकोटको पलाँता गाउँपालिका–९ थिर्पुबाट खुद्रा तथा खाद्यान्न बोकेर खिनको छलाहा जाँदै गरेको ट्र्याक्टर लार्फ भन्ने ठाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
गएराति भएको दुर्घटनामा मुगुको खत्याड–५ घर भएका २५ वर्षीय चालक चन्द्रप्रकाश रोकाया, पलाँता–५ का २६ वर्षीय अम्बा शाही, पलाँता–४ का २१ वर्षीय सदु बुढा र पलाँता ४ का २१ वर्षीय रविन्द्र बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी टेकबहादुर रावतले बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२ १०:००
प्रतिक्रिया दिनुहोस्