
डोटीः डोटीमा बुधवार बिहानै मिनि ट्रक दुर्घटना भएको छ। दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३४२८ नम्बरकोे खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-१ गोल्डेनमा बिहान ६ बजेर ५ मिनेटमा दुर्घटनामा परेको हो।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ ०९:०७
प्रतिक्रिया दिनुहोस्