
बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका घर भएका एकजना चौलानी नदी किनारमा मृत फेला परेका छन् ।
डिलाशैनी गाउँपालिका वडा नं ५ का ४५ बर्षीय श्यामसिंह साउँदको शव बुधबार दिउँसो दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ खेतालीस्थित चौलानी नदी किनारमा फेला परेको डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष यज्ञराज भट्टले जानकारी दिए ।
बुधबार बिहान घरबाट निस्केका साउँद दिउँसो मृत फेला परेका हुन् । उनी मानसिक रुपमा कमजोर रहेका बुझिएको छ । पछिल्लो समय कैलालीको बौनिया बस्दै आएका साउँद केही दिन पहिलामात्रै बैतडी आएका बुझिएको छ ।
मृतक साउँदको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२ १०:४५
प्रतिक्रिया दिनुहोस्