
बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वडा समिति गठन गर्न थालेको छ । बुधबारदेखि सुर्नयाका वडाहरुमा वडा अधिवेशन शुरु भएको राप्रपाका सम्पर्क समाज समन्वय विभाग सदस्य केशव चन्दले बताए ।
बुधबार वडा नं १ र २ मा वडा समिति गठन गरिएको छ । वडा नं १ मा राजेन्द्र चन्दको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको राप्रपाले वडा नं २ मा नारायण बिष्टको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको छ ।
यस्तै बिहीबार वडा नं ३ र ४ मा वडा अधिवेशन सम्पन्न गरिएको समन्वय विभाग सदस्य चन्दले बताए । वडा नं ३ मा सुन्दरसिंह ऐरीको अध्यक्षतामा १७ सदस्यीय र वडा नं ४ मा गोपाल भाटको अध्यक्षतामा ३३ सदस्यीय वडा समिति गठन गरिएको उनले बताए ।
वडा समिति गठन गर्ने कार्यक्रम अन्तर्गत शुक्रबार वडा नं ५ र ६ मा समिति गठन गरिने चन्दले बताए । यस्तै शनिबार वडा नं ७ र आइतबार वडा नं ८ मा वडा समिति गठन गरिने राप्रपाले जनाएको छ ।
जिल्लाभरीका ८४ ओटै वडामा वडा अधिवेशन सम्पन्न गर्ने योजना अनुसार वडाहरुमा समिति गठन गर्ने कार्य भइरहेको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए ।