Sagun Khabar
रास्वपा पाटन नगर सभापतिमा चन्द चयन
Atrya hospital

बैतडी –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाटन नगरपालिकाको सभापतिमा तिलकबहादुर चन्द चयन भएका छन् । यसअघि कार्यवाहक सभापतिको जिम्मेवारीमा रहेका चन्दलाई बिहीबारको भेलाले सभापतिको जिम्मेवारी दिएको जिल्ला सभापति भिम नाथले जानकारी दिए ।

बिहीबार बैतडीको पाटनस्थित ब्लेस होटेलमा सदस्यता वितरण तथा पदपूर्ती भेला कार्यक्रम सम्पन्न भएको हो । जिल्ला सभापति नाथको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथिमा रास्वपाका विधान मन्थन विभाग केन्द्रीय सदस्य भोजराज जोशी (क्वालीटी) रहेका थिए । भेला कार्यक्रममा निवर्तमान प्रदेश महामन्त्री पारस बाहुन, जिल्ला उपसभापति हेमन्त ऐर लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

नगर सभापतिको जिम्मेवारी चन्दलाई दिएसंगै अन्य रिक्त पदहरुमा पनि पदपूर्ती गर्ने बिषयमा छलफल भएको सभापति चन्दले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update