Sagun Khabar
बैतडीको सुर्नया–५ मा राप्रपाको वडा समिति विस्तार 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वडा समिति विस्तार गरेको छ । जयबहादुर मडैको अध्यक्षतामा २५ सदस्यीय वडा समिति गठन गरेको राप्रपाका सम्पर्क समाज समन्वय विभाग सदस्य केशव चन्दले बताए ।

सुर्नया गाउँपालिका वडा नं ५ को कठेगौंडामा आज भएको भेलाले वडा समिति गठन गरेको हो । जयबहादुर मडैको अध्यक्षतामा भएको भेलामा राप्रपाका युवा नेता एवं अभिनेता भुपेन्द्र चन्द प्रमुख अतिथी रहेका थिए । 

Atrya hospital

राप्रपाले वडा अधिवेशन सम्पन्न गर्ने कार्यक्रम अनुसार बुधबारदेखि सुर्नयाका वडाहरुमा अधिवेशन भइरहेको समन्वय विभाग सदस्य चन्दले बताए । 

यसअघि वडा नं १,२, ३ र ४ मा वडा समिति विस्तार भइसकेको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । 

जिल्लाभरीका ८४ ओटै वडामा वडा अधिवेशन सम्पन्न गर्ने योजना अनुसार वडाहरुमा समिति गठन गर्ने कार्य भइरहेको उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update