
बैतडी –बैतडीका एक युवक लागूऔषधसहित धनगढीमा पक्राउ परेका छन् ।
बैतडीको दशरथचन्द नगरपालिका –१ का २७ बर्षीय विरेन्द्रसिंह भाटलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
भारतबाट नेपाल आउँदै गरेका भाटलाई धनगढी उपमहानगरपालिका–२ ब्यारेलबाट ६ सय ६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरीले टोलीलाई उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२ ०७:३३
प्रतिक्रिया दिनुहोस्