
अछाम –अछामको साँफेबगर बजारमा भीषण आगलागि भएको छ । साँफेबगर नगरपालिकाको वडा नम्बर ३ हाटबजारमा आगलागी भएको हो । प्रारम्भिक जानकारी अनुसार आगलागीबाट होटल, मासुपसल लगायत १० वटा पसल जलेका छ्न ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा अहिले आगलागी नियन्त्रणमा आईसकेको छ । क्षतीको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बजारमा रहेको एक पसलमा आज बिहान बिजुली सर्ट भएर आगलागी भएको स्थानीयको भनाई छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२ ०७:४८
प्रतिक्रिया दिनुहोस्