Sagun Khabar
कैलालीमा रुखबाट खसेर एकजनाको मृत्यु
Atrya hospital

 कैलाली –कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको टीकापुर नगरपालिका–१ का ४० बर्षीय विष्णु चौधरीको शनिबार रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

शनिबार दिउँसो लिप्टिसको हाङ्गा काट्ने क्रममा खसेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार चौधरीको नेपालगञ्ज सेवा नर्सिङ होममा मृत्यु भएको हो । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update