
कैलाली –सुदूरपश्चिम प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्हालेका छन् ।
भारत भ्रमणमा गएका मुख्यमन्त्री कमलबहादुर शाहले आफू भारतमा रहँदासम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई दिएका हुन् । नयाँ बजेट तयारीको सङ्घारमा भारतमा भ्रमणमा निस्किएका शाहले यो बेला आफ्नो भारत भ्रमणले बजेट तयारीमा असर नपर्ने बताएका छन् ।
मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली आज भारत प्रस्थान गरेको छ । टोलीले एक हप्तासम्म भारतको दिल्ली, देहरादुन र लखनऊमा बिताउने बताइएको छ ।
भ्रमणको क्रममा मुख्यमन्त्री शाहले दिल्लीमा सङ्घीय मन्त्रीहरू, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।