Sagun Khabar
बैतडीको पुर्चौंडीमा प्राविधिक कर्मचारीमाथि उपभोक्ता समिति अध्यक्षले गरे हातपात, कर्मचारी आन्दोलित 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकामा कार्यरत प्राविधिक कर्मचारीमाथि उपभोक्ता समितिका अध्यक्षले हातपात गरेका छन् । 

नगरपालिकाको वडा नं १ मा निर्माण हुने चिस्यान केन्द्रको आवश्यक प्राविधिक काम गरिरहेको समयमा उपभोक्ता समिति अध्यक्ष बिरबहादुर गडालले सोमबार नगरपालिकाका प्राविधिक कर्मचारी केशवबहादुर ऐरमाथि ज्यान मार्ने उद्देश्यले प्रहार गरेको र प्राविधिक शाखा प्रमुख जगदीश भण्डारी, सव इन्जिनियर चक्रबहादुर गुर्धामी र सव इन्जिनियर राकेश बममाथि अभद्र गालीगलौज गरेको आरोप लगाइएको छ । 

Atrya hospital

नगरपालिका प्रमुख दिपकबहादुर बम, वडा नं १ का वडा अध्यक्ष गणेश गडाल, वडा सदस्य समेत उपस्थित रहेको स्थानमा कर्मचारीमाथि हातपात र दुव्र्यवहार भएको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । 

कार्यस्थलमा खटिएका कर्मचारीहरुमाथि हातपातको घटनाले काम गर्ने वातावरण नभएको भन्दै नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका हुन् । मंगलबार कर्मचारीहरुले एक विज्ञप्ती जारी गर्दै दोषीलाई कारवाही नहुँदासम्म नगरपालिकाबाट प्रदान गर्ने सबै सेवा बन्द गरेको जनाएका छन् । 

घटनाका बिषयमा लिखित रुपमा जानकारी गराइसक्दा समेत कुनै सुनुवाई नभएको कर्मचारीहरुले बताएका छन् । कर्मचारीमाथि हातपात र दुव्र्यवहार गर्नेलाई आवश्यक कानुनी कारवाहीको माग गर्दै प्रहरीमा समेत निवेदन दिइसकेको तर दोषी पक्राउ नपरेको कर्मचारीहरुले बताएका छन् । 

कार्यस्थलमा भएको यो घटनाको छानबीन र किनारा नलाग्दासम्म काममा नफर्कने कर्मचारीहरुले अडान लिएका छन् । यसले सेवाग्राहीमा परेको असरप्रति क्षमाप्रार्थी रहेको कर्मचारीहरुले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

यो बिषयमा नगर प्रमुख दिपकबहादुर बमले छलफल गरेर समस्याको समाधान निकाल्ने बताए । कर्मचारीहरुको सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको उनले दाबी गरे ।  

kutpit-1745922358.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update