Sagun Khabar
सुदूरपश्चिमका मुख्यमन्त्री शाह नेतृत्वको टोली भारत प्रस्थान 

कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोली भारत भ्रमणमा गएको छ ।

मुख्यमन्त्री शाहको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेको हो । 

Atrya hospital

भ्रमण टोलीमा मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, मुख्य सचिव, सचिव र सचिवालयका केही सदस्यहरू छन् । उनीहरू भारत भ्रमण सकेर वैशाख २२ गते लखनउबाट स्थलमार्ग हुँदै कैलाली फर्किने कार्यक्रम रहेको छ । मुख्यमन्त्री शाहले नेपालमै पहिलो पटक भारत सरकारको औपचारिक निमन्त्रणामा प्रदेश सरकारको टोली भ्रमणमा गएको बताएका छन् ।

टोलीले दिल्लीमा सङ्घीय मन्त्रीसँग भेटघाट गर्ने र विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसन संघसँग अन्तरक्रिया गर्नेछ । उत्तरप्रदेश र उत्तराखण्डका विभिन्न स्थानको पनि भ्रमण गर्ने कार्यक्रम छ । भारतमा रहँदा भारतीय कृषि अनुसन्धान संस्थाको अवलोकन भ्रमण, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्रसहित पर्यटकीय क्षेत्रको भ्रमण, उत्तरखण्डका मुख्यमन्त्री र कृषि मन्त्रीसँग समेत भेटघाटको कार्यसूची रहेको प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update