
कैलाली –सेती प्रादेशिक अस्पतालको छतबाट हाम फालेका चक्रबहादुर सिंहको मृत्यु भएको छ ।
डायलासिस गराउदै आएका गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मङ्गलवार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका थिए । चिकित्सकले उनलाई मृत्यु घोषणा गरेको प्रहरीले बताएको छ ।
सोमवार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो २ बजेपछि एक्कासि तेस्रो तलाबाट हाम फालेको अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले जानकारी दिए । मृगौला पीडित सिंह प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए ।
सोमवार पनि डायलासिस गर्न आएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए । सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन् । एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासि हाम फालेको देखिएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२ १७:२८
प्रतिक्रिया दिनुहोस्