Sagun Khabar
गोठलापानी बजार अनुगमन २ ब्यापारी कारवाहीमा

बैतडी–चाडपर्व नजिकिदैँ गर्दा संयुक्त बजार अनुगमन टोलीले बैतडीमा बजार अनुगमन कार्यलाई तिब्रता दिएको छ । आइतबार जिल्ला सदरमुकाम स्थीत गोठलापानि बजारका सबै पसलहरुमा अनुगमन गरिएको छ । 

अनुगमनका क्रममा २ पसललाई कारवाहि गरिनुका साथै ३३ हजार ७ सय ३५ मुल्यका सामग्री बरामद गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए । आइतबार कारबाही गरिएका पसलहरुमा एक किराना पसल र अर्को मदिरा पसल रहेको उनले बताए । 

Atrya hospital

किराना पसललाई ५हजार नगद रुपँया गरिवाना गरिएको छ भने, मदिरा पसलेलाई ७ दिन भित्र लाइसेन्स सहित प्रशासनमा उपस्थीत हुन भनिएको छ । मदिरा पसलमा म्याद गुजे्रको बियर भेटिएको र किराना पसलमा खाद्यान्न सामग्रीहरुको म्याद गुज्रेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालयका साथै जिल्ला स्वास्थ्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला घरेलु कार्यालय, स्वास्थ्य कार्यालय लगायतका प्रतिनिधिहरुको सहभागीता थियो ।  
 

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update