Sagun Khabar
स्वस्तिका कांग्रेसकी कान्छी सभापति !

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनमा पुस्तान्तरणको बहस चलिरहेका बेला दैलेखको दुल्लु नगरपालिका–३ को वडा सभापतिमा १९ वर्षीया किशोरी स्वस्तिका महत वडा सभापति बनेकी छन् । उनलाई वडाका क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा निर्वाचित गरेका हुन् । 

महत स्व.भुपेन्द्रजंग महतकी छोरी हुन् । पार्टीको जिल्ला उपसभापति रहेका महतको दुई वर्षअघि निधन भएको थियो । राजनीतिक परिवारमा हुर्किएकी स्वस्तिका विद्यार्थी राजनीतिमा पनि सक्रिय थिइन् । स्वस्तिका सर्वसम्मत वडासभापनिमा निर्वाचित भएको दैलेखका कांग्रेस नेता दिपक सोनीले जानकारी दिए । ‘वडा अधिवेशनले उनलाई सर्वसम्मत सभापति चयन गरेको छ । सम्भवतः उनी कांग्रेसकै कान्छी सभापति हुन्,’ सोनीले भने ।

Atrya hospital

गाउँदेखि केन्द्रसम्म राजनीतिमा बूढापुस्ता हाबी छ । महाधिवेशनमा युवापुस्ताको सहभागिता कस्तो होला रु भन्ने बहस चलिरहेकै बेला महत सभापति बनेपछि उनको सामाजिक सञ्जालमा चर्चा चलेको छ । महतले नेपालगन्ज टेक्निकल कलेजबाट हेल्थ असिस्टेन्ट (एचए)को अध्ययन पूरा गरेकी छन् ।

अछाममा पनि २२ वर्षीया जानकी रावल ९भण्डारी० वडा सभापतिमा चुनिएकी छन् । मंगलसेन नगरपालिका–११ को वडा अधिवेशनले उनलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो । उनी जिल्लाकै एक्ली महिला वडासभापति हुन् ।

कांग्रेसको महाधिवेशनअन्तर्गत शुक्रबारदेखि ५६ जिल्लामा वडा तहको अधिवेशन भइरहेको छ ।

-इकान्तिपुरबाट 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update