Sagun Khabar
सुदूरपश्चिममा एमाले भन्दा नेकपा एकीकृत समाजवादी ठूलो दल
Atrya hospital

कैलाली –सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी एमाले भन्दा ठूलो दल बनेको छ । सुदूरपश्चिम प्रदेशका १३ जना एमाले सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै नेकपा एकीकृत समाजवादी ठूलो दल बनेको हो ।

आज थप तीन सांसदले एकीकृत समाजवादी रोजेपछि एमाले एकीकृत समाजवादीभन्दा सानो दल भएको हो । यसअघि नै १० प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए भने आज थप तीन जनाले सनाखत गरेका छन् । 
आज सांसदहरु तारालामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका हुन् । 
अब सुदूरपश्चिम प्रदेशसभामा एमालेका सभामुखसहित १२ र एकीकृत समाजवादीका १३ सांसद भएका छन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update