Sagun Khabar
सुदूरपश्चिममा एकीकृत समाजवादीमा १४ सांसद, नेकपा (एस)  सबैभन्दा ठूलो दल बन्यो 
Atrya hospital

कैलाली –सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १४ पुगेको छ । यसअघि नै १३ प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए ।

आज थप एक जनाले सनाखत गरेका हुन् । आज प्रदेश सांसद माया तामाङ (बोहरा)ले  एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन् । यो संगै सुदूरपश्चिम प्रदेशसभामा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update