Sagun Khabar
बिद्यालय कर्मचारीहरुको माग सम्बोधन गर्न बार्ता समिति

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकाका बिभिन्न बिद्यालयमा कार्यरत बिद्यालय कर्मचारीहरुको माग सम्बोधन गर्न बार्ता समिति गठन गरिएको छ । 

उनिहरुले ३ दिनसम्म गाउँपालिकामा तालाबन्दी गरि आन्दोलन गरेपछि आज बार्ता समिति गठन गरिएको हो । संघिय सरकारको बजेटमा बिद्यालय सहायक, प्रारम्भीक बालबिकास, कार्यालय सहयोगीलाई १५हजार तलव दिने भनिएपनि उक्त तलव नपाएको भनदै उनिहरुले आन्दोलन गरिहेको हुन् ।  

Atrya hospital

अहिले एकहप्ता सम्म माग सम्बोधन गर्ने सहमति भएको बार्ता समितिका सयोजक कलावति रानाले बताइन् । बार्ता समितिमा बिद्यालय कर्मचारीका तर्फबाट ९जना र गाउँपालिकाका तर्फबाट ५जना रहेकाछन् । 

सघिंय सरकारले बजेट भाषणमा १५हजार तलव दिने भनेपनि ८ हजार संघिय सरकारबाट प्राप्त हुने र बाकीँ ७ हजार स्थानियतहले थप्ने भनिएको थियो । 

आफुहरुसंग रकम अभाव भएकाले १५हजार तलव दिन समस्या हुने गाउँपालिकाले जनाएको छ । आज गठन गरिएको बर्ता समिति संग बसेर बजेट हेरी छलफल गरिने गाउँपालिकाका शिक्षा साखा प्रमुख महादेब भट्टले बताए । 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update