Sagun Khabar
एमालेद्धारा अन्तरक्रिया कार्यक्रमलाई तिब्रता

बैतडी– नेकपा एमाले बैतडीले जिल्लाका बिभिन्न ठाउँहरुमा अन्तरक्रिया कार्यक्रमलाई तिब्रता दिएको छ । कार्यकर्ताहरु संग छलफल तथा पार्टिको बर्तमान अवस्थाको समिक्षा गर्न एमालेले आज सुर्नया गाउँपालिका वडा न. ७ मा कार्यक्रम सम्पन्न गरेको छ । 


वडा स्तरिय नेता, कार्यकर्ता तथा संगठित सदस्यहरुसंग एकदिने अन्तरक्रिया सम्पन्न गरेको  पाटिको गाउँपालिका कमिटि अध्यक्ष राजेन्द्र प्रशाद भट्टले बताए । एमाले बिभाजन पछि पार्टिको सांगठनिक अवस्था, संगठित सदस्यहरुको क्रियासिलता लगायतका बिषयमा छलफल भएको उनले बताए ।

Atrya hospital

वडाहरुको कार्यक्रम पछि भोली गाउँपालिका स्तरिय कार्यक्रम आयोजना गरिने एमाले नेतृ तथा सुर्नया गाउँपालिका उपाध्यक्ष लिला बिष्टले बताइन् । गाउँपालिका स्तरीय कार्यक्रम पुर्व अर्थराज्यमन्त्री तथा सघिंय सांसद दामोदर भण्डारीको प्रमुख आथित्यमा सम्पन्न हुने उनले बताइन् ।

यसैगरी आज बैतडीको पाटन नगरपालिका वडा न. १० र दोगडाकेदार गाउँपालिका वडा न. ४मा पनि एमालेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update