Sagun Khabar
थप ३ जनामा कोरोना पुष्टि
Atrya hospital

बैतडी-बैतडीमा आज थप ३ जनामा कोरोना पुष्टि भएको छ । दशरथचन्द नगरपालिका ४ का ४३ बर्षीय पुरुष र २६ बर्षिय महिला तथा दोगडाकेदार ३का १महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २० जना रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ११ जना, मेलौली नगरपालिकामा ३ जना, पाटन नगरपालिकामा २ जना, पुर्चौंडी नगरपालिका, दोगडाकेदार गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै बैतडीमा जिल्ला बाहिरका एकजना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । बैतडीमा तत्कालका लागि ३ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकामा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका हुन् । 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update