बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाले यही भदौ ३० गतेदेखि विद्यालय सञ्चालनमा ल्याउने भएको छ । कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेका विद्यालय भदौ ३० गतेदेखि सञ्चालनमा ल्याउने निर्णय भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेशप्रसाद भट्टले जानकारी दिए ।
शुक्रबार बसेको गाउँ शिक्षा समितिको बैठकले स्वास्थ्यका मापदण्ड अपनाएर भदौ ३० गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकाहरुको पठनपाठनमा प्रभाव परेको भन्दै धमाधम विद्यालयहरु सञ्चालन हुन थालेका छन् । जिल्लाका सबै जसो स्थानीय तहहरुले विद्यालय सञ्चालनको तयारी गरिरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८ १६:२३
प्रतिक्रिया दिनुहोस्