बैतडी –बैतडीमा मंगलबार थप ५ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका विभिन्न वडाका ४ जना पुरुष र एक महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए । यस्तै मंगलबार एकजना संक्रमणमुक्त भएका छन् ।
जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २० जना रहेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १३ जना, पाटन नगरपालिका र मेलौली नगरपालिकामा २÷२ जना, पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा एक÷एक जना रहेका छन् ।
तत्कालका लागि जिल्लाका ४ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।