Sagun Khabar
सुर्नया ६ मा नियम विपरीत वडा सचिवको जिम्मेवारी !

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ मा वडा सचिवको जिम्मेवारी नियम विपरीत दिइएको पाइएको छ । स्थायी कर्मचारी छोडेर करारका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएको हो । 

वडामा एकजना मात्रै स्थायी कर्मचारी रहेका टंकप्रसाद अवस्थीलाई पाखा लगाएर करार सेवामा रहेका विरेन्द्र बोहरालाई वडा सचिवको जिम्मेवारी दिइएको छ । वडा अध्यक्ष जयबहादुर कुँवरको दबाबमा आफूलाई वडा सचिवको जिम्मेवारीबाट हटाएको अवस्थीले बताए । 

Atrya hospital

गएको फागुन १ देखि २२ गतेसम्म आफू बिदामा रहेको र बिदा सकिएपछि पनि आफूलाई वडा सचिवको जिम्मेवारी नदिएको अवस्थीले बताए । 

यो बिषयमा सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलापति भट्टले अवस्थीले बिदामा बसेको बेला मात्रै बोहरालाई वडा सचिवको जिम्मेवारी दिएको दाबी गरेका छन् । 

तर टंकप्रसाद अवस्थी कार्यालयमा हाजिर भईसकेपछि पनि बोहराकै हस्ताक्षरमा वडा सचिवको कामकाज भईरहेको पाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update