Sagun Khabar
सुदूरपश्चिममा एकै दिन ९ जना संक्रमितको मृत्यु 
Atrya hospital

बैतडी–कोरोना भाइरसको संक्रमणबाट बझाङमा पनि एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङका काभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।  

स्वास्थ्यमा समस्या भइ उपचारका लागि बुधबार अस्पताल पुगेका ती पुरुषमा ऐन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पुस्टि भएको थियो । कोरोनाकै सम्पूर्ण लक्षण देखिएका उहाँको स्थानीयस्तरमा उपचार सम्भव नभएपछि रेफर गर्ने तयारी गर्दैगर्दा ज्यान गएको काभिड सम्पर्क व्यक्ति जोशीले बताए  ।

योसहित पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । कैलालीका ५ जना र कञ्चनपुरका ३ जना संक्रमितको बिहीबार नै ज्यान गइसकेको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update