बैतडी –संविधान दिवसको अवसरमा बैतडीमा एकजना कैदीको बाँकी कैद मिनाहा भएको छ । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका मेलौली नगरपालिका १ का ललित भनिने सूर्य दयालको कैद मिनाहा भएको जिल्ला कारागार बैतडीले जनाएको छ ।
८ बर्ष २ महिना कैद भुक्तान गरेका दयालको बाँकी ५ बर्ष २ महिना कैद मिनाहा भएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिए । दयाल २०७० साल श्रावण ४ गते कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका थिए ।
संविधान दिवसको अवसरमा कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका मध्ये असल चालचलन भएका कैदीहरुको बाँकी कैद मिनाहा हुँदै आएको छ । सोही अनुसार दयालको बाँकी कैद मिनाहा भएको जेलर तिवारीले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८ १२:५९
प्रतिक्रिया दिनुहोस्