Sagun Khabar
दोगडाकेदार गाउँपालिकाले बार अनुसार सेवा दिने 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाले बार अनुसार वडाका नागरिकलाई सेवा दिने भएको छ । 

बिहीबार बसेको गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबारदेखि नै लागू हुने गरी स्वास्थ्य बाहेक गाउँपालिका मातहतका कार्यालय बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म मात्रै खुला राख्ने निर्णय गरेको छ । 

Atrya hospital

कोरोना भाईरसको महामारी फैलिँदै गएपछि यस्तो निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिइन् ।  वैशाख मसान्त सम्मका लागि बार अनुसार वडाका नागरिकलाई सेवा प्रवाह गरिने उनले बताइन् । 

आइतबार वडा नं १ का नागरिकलाई सेवा दिइनेछ भने सोमबार वडा नं २ र ८ का नागरिकलाई सेवा दिइनेछ । 

यस्तै मंगलबार वडा नं ३ र ७ का नागरिकलाई सेवा दिइनेछ भने बुधबार वडा नं ४ का नागरिकलाई सेवा दिइनेछ । गाउँपालिकाले जारी गरेको सूचना अनुसार बिहीबार वडा नं ५ र शुक्रबार वडा नं ६ का नागरिकलाई सेवा दिइनेछ । 

कोरोना भाईरसको महामारी तीव्र रुपमा फैलिरहेकाले यसको जोखिम कम बार अनुसार सेवा दिने निर्णय भएको दोगडाकेदार गाउँपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update