Sagun Khabar
सुदूरपश्चिममा एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु 

बैतडी– आज सुदूरपश्चिम प्रदेशमा एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका ६, कञ्चनपुरका ४, अछाम र बझाङका एक÷एक जना गरी ११ जना संक्रमितको मृत्यु भएको हो । 

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ का ४५ वर्षीया महिला, कैलाली लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष, घोडाघोडी–१० का ६० वर्षीय पुरुष, कैलालीको गोदावरी नगरपालिकाका ८७ बर्षीया महिला, घोडाघोडी नगरपालिका–१२ का २८ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिकाका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । 

Atrya hospital

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय पुरुष, महाकाली नगरपालिकाका ३० वर्षीय पुरुष र भीमदत्त नगरपालिका–१८ की ३६ वर्षीया एक महिलाको आजै मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ । 

यस्तै अछाममा पनि कोरोनाका कारण एक वृद्धको मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–५ कालिका बाहुन गाउँका ७७ वर्षीय लोगराज ढुङ्गानाको मृत्यु भएको हो । 

यस्तै कोरोना भाइरसको संक्रमणबाट बझाङमा पनि  एक जनाको ज्यान गएको छ । जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङका काभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए  । 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update