बैतडी –सुदूरपश्चिममा आइतबार थप १५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी १ हजार ५७० नमूना परीक्षण गर्दा थप १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी २९ जना संक्रमणमुक्त भएका छन् । यस्तै आइतबार सुदूरपश्चिममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । डडेल्धुराका ७० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८ १७:५६
प्रतिक्रिया दिनुहोस्