Sagun Khabar
बैतडीमा आइतबार थप ४ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा आइतबार थप ४ जनामा कोरोना पुष्टि भएको छ । पाटन नगरपालिकाका थप ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए । यस्तै आज ३ जना संक्रमणमुक्त भएका छन् ।

जिल्लामा अहिले २१ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा ७÷७ जना, सुर्नया गाउँपालिकामा २ जना, पञ्चेश्वर र सिगास गाउँपालिकामा एक÷एक जना रहेका छन् । यस्तै बैतडीमा जिल्ला बाहिरका ३ जना सक्रिय संक्रमित रहेका छन् ।

तत्कालका लागि जिल्लाका ५ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । जिल्लाको मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १८:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update