
बझाङ–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बझाङमा खटिएका निर्वाचन अधिकृतले आफूलाई अपहरण गरेको जनाएका छन् । महाधिवेशनका लागि खटिएका निर्वाचन अधिकृत चेतराज भट्टले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् ।
आफूलाई अपहरण गरेर निर्वाचन रोकिएको भट्टले स्पष्ट पारेका छन् । मतदाता नामावली प्रकाशनपछि निर्वाचन नगराइ भट्ट सम्पर्कविहीन भएको बताइएको थियो । आफू सम्पर्कविहीन नभएको भन्दै भट्टले मतदानस्थल खोज्न जाने क्रममा अपहरण गरिएको बताए ।
आफूलाई ज्यान मार्ने धम्की समेत दिइएको भट्टले फेसबुक मार्फत बताएका छन् । आफूसंग भएको मोबाइल खोसिएको र उम्मेद्वारको शुल्क समेत आफूसंग नरहेको उनले स्पष्ट पारेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८ १२:५१
प्रतिक्रिया दिनुहोस्