Sagun Khabar
बैतडीका २४ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि 

बैतडी–कोरोनाको दोश्रो लहर फैलिएपछि बैतडीका २४ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि स्वास्थ्य सेवा प्रवाहमा समेत बाधा पुग्ने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

पछिल्लो समयमा स्वास्थ्यकर्मीहरुको संक्रमणको चपेटामा परेका छन् । जिल्लामा विभिन्न स्थानका स्वास्थ्यसंस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु कोरोनाबाट संक्रमित भएका स्वास्थ्य प्रमुख भट्टले बताए । उनले भने ‘विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी साथीहरुमा संक्रमण पुष्टि भएको छ । कोभीडको क्षेत्रमा प्रत्यक्ष रुपमा काम गरिरहेकाहरुमा संक्रमण देखिएपछि स्वास्थ्य सेवा प्रवाहमा कुनै न कुनै रुपमा बाधा पुगेको छ ।’

Atrya hospital

सबैभन्दा बढी जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १४ जना स्वास्थ्यकर्मीहरुमा संक्रमण पुष्टि भएको छ । १४ जना मध्ये १० जनालाई शुक्रबार मात्रै संक्रमण पुष्टि भएको हो ।

यस्तै पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

यसैगरी जिल्ला अस्पताल बैतडीको पिसीआर प्रयोेगशालामा कार्यरत एकजना, झुलाघाट हेल्थडेस्कमा कार्यरत एकजना, गुरुखोला स्वास्थ्यचौकीमा कार्यरत एकजना र बैतडी प्लसमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । 

कोरोना संक्रमणको रोकथाम र उपचारका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि समस्या भएको उनले बताए । उनले भने ‘कोरोना संक्रमण तीव्र रुपले फैलिरहेको छ । स्वास्थ्यका मापदण्ड परिपालना नगरे स्थिती भयावह हुन सक्छ । त्यसैले सबैलाई स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दछु ।’ 
 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update