बैतडी २४असोज
बैतडीको पाटन नगरपालिका ६ स्थीत पाटन बजार नजिकै घर भएका काशीराम भुल अहिले ५९ बर्ष पुगे । उनलाई भट्ट हेर्दा ७० बर्ष नाघेका जस्ता देखिन्छन् । जिवन भरी मजदुरी गरेका उनले कहिलेपनि पोषणयुक्त खाना खान पाएनन् ।
भुल १२ बर्ष पुगेदेखी मजदुरी गर्न थालेका थिए । उनले ट्रक लोड÷अनलोड देखी निर्माण कार्यहरुमा रातदिन काम गर्ने, सिमेन्टका गहु्र्ंगा भारी बोक्ने लगायतका सबै काम गरेकाछन् । काशिराम गत १बर्ष देखी मजदुरी गर्न नसक्ने भएसंगै मागेर खानु बाहेक उनको चुल्हो बल्न छोडेको छ ।
तर अहिले उमेर ढल्कीदैँ गएपछि केहि काम गर्न सक्दैनन् । चुहिन छानोे भएको सानो घर(झुप्रो)मा बस्ने भुल र उनकी श्रीमति दुवैजना अहिले बिरामी छन् । तर कुन रोगबाट ग्रसित छौँ भन्ने कुरा उनिहरुलाई थाहा छैन् । किनकी पैषाको अभावमा चेकजाँच गराउन अस्पताल जान पाएका छैनन् । दुवैजनाको काम गर्ने जाँगर चल्दैन्, कहिले उठ्नै सक्दैनन् भने, सधैँ ज्वरो र रुघाखोकी लागिरहन्छ ।
भुलले भने, ‘नजिकका स्वास्थ्य चौकीमा उपचारका लागि गएका थियौँ, धनगढी अथवा काठ्माण्डौँको ठुलो अस्पताल जानुस् भन्यो । उता पुग्ने हाम्रो क्षमता छैन्, गाडीको टिकट काट्न सम्म पनि पैषा छैन् ।’
बिगतमा भारी बोकेर दैनिक गुजारा गर्ने उनि अहिले मागेर खाने गरेको बताउछन् ।
सामाजिक सुरक्षा भत्ता पाउन अझै एक बर्ष कुनुपर्छ । एकबर्ष पछिको आश भनेको भत्ता मात्रै हो । अन्य केहि छैन् ।
भुल दम्पतिका ४ छोरा समेत छन् । २ छोरा साना बालक छन् भने, २ भारतमा मजदुरी गर्छन् । तर छोराहरु कमाएको पैषा मदिरा सेवन गरेरै सिद्ध्याउछन् । ‘हामीलाई अहिले सम्म एक रुपयाँ दिएको छैन् ।’ काशिरामले भने ।
काशिराम अहिले आफु गरिब र बुढाबुढी दुवैजना बिरामी रहेको सिफारिस पत्र हातमा बोकेर भेटेका मान्छेलाई देखाउदैँ दश–बीस रुपँया माग्दै गरेका भेटिन्छन् ।