बैतडी-बैतडीको प्रमुख सडक दशरथचन्द राजमार्गका घुम्तीहरु फराकिलो भएसंगै यात्रा सहज भएको छ । अनारखोली देखी झुलाघाट सम्म ८९ किलोमिटर राजमार्ग गत बर्ष देखी फराकिलो बनाउने योजना लागु भएदेखी सवारी साधन चलाउन सजीलो भएको छ ।
बिगतमा ४ मिटर भन्दा कम चौडाई रहेका राजमार्गका घुम्तीहरु अहिले १० मिटर बनाइएपछि सजिलो भएको सवारी चालक जयसिंह भण्डारीले बताए । बिगतमा ठुला गाडीहरुका लागी ठिक्क रहेका घुम्तीहरु अहिले फराकिलो बनाएपछि २ गाडीहरु सहजै अटाउने भएको उनले बताए ।
घुम्तिहरु फराकिलो बनाउनका लागी यसबर्ष पनी सडक डिभिजन कार्यालय पाटनमा सघिंय सरकारबाट ५करोड रकम प्राप्त भएको छ । राजमार्गका घुम्तिहरुको चौडाइ बढेसंगै यात्रुहरुको डर घटेको जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्टले बताए । सडक नै बिकासको मुख्य पुर्वाधार भएकाले सडक निर्माणमा सरकारको ध्यान जानु राम्रो पक्ष भएको उहाँले बताउनुभयो । राजमार्गका साथै ग्रामिण सडकहरु समेत स्तरोन्नतीमा सरकारको ध्यान जानुपर्ने उनले बताए ।
सडक फराकिलो भएसंगै दुर्घटना न्युनिकरण हुने अपेक्षा रहेको यातायात व्यवसायीले बताएकाछन् । राजमार्गका घुम्तीहरु फराकिलो बनाइएपनि धेरैजसो ठाउँमा कालोपत्रे गर्ने कार्य बाकीँ रहेको छ । कालोपत्रे गर्ने कार्य निरन्तर जारी रहने सडक डिभिजन कार्यालय ले जनाएको छ ।