Sagun Khabar
सिगास गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न 
Atrya hospital

बैतडीको सिगास गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न भएको छ । शुक्रबारदेखि शुरु भएको गाउँसभा शनिबार सम्पन्न भएको हो । केही योजना र बजेटमा फेर बदल गर्दै गाउँसभा सम्पन्न भएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । बजेट कार्यान्वयन गर्न नसकिएका योजनाहरुलाई फेर बदल गरिएको उहाँले बताउनुभयो ।य

स्तै विभिन्न ऐन नियमहरु पनि गाउँसभाले पारित गरेको अध्यक्ष धामीले जानकारी दिनुभयो । संघीय सरकारले पठाएका नमूना कानुनहरुको आधारमा स्थानीयस्तरमा कानुन निर्माण गरि पारित गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्र सञ्चालन भईरहेका योजनाहरुलाई प्रभावकारी र पारदर्शी ढंगले सम्पन्न गर्ने निर्णय समेत गाउँसभाले गरेको अध्यक्ष धामीले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update