बैतडी-बैतडीको दोगडाकेदा गाउँपालिका–३ श्रीकोटमा रहेको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ। आइतबार रातिदेखि भइरहेको अविरल वर्षाका कारण श्रीकोट स्वास्थ्य चौकीको आँगन पहिरोले खसेको छ।
अब चौकीको भवन खस्ने खतरा रहेको उक्त स्वास्थ्य चौकीमा कार्यरत दिपक विष्टले बताए। ‘भवनको तलतिरबाट गइरहेको पहिरोले जोखिम बढाएको छ’ उनले भने। बैतडीमा पनि सोमबार साँझदेखि विद्युत र सञ्चार सेवा अवरुद्ध बनेको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८ १४:३०
प्रतिक्रिया दिनुहोस्