बैतडी– बैतडीको सुर्नया गाउँपालिका ५ रामकी बरायलमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ७१ बर्षका परुदेबी महरा रहेकाछन् ।
घाइते हुनेमा ५५ बर्षिय सरस्वति बिष्ट र निजका बुहारी ३०बर्षिय मायाँ बिष्ट रहेकाछन् ।
लगातारको अविरल वर्षाका कारण घर भत्किएको हो । घटना गयराति ९ बजेको समयमा भएको हो ।
घटनास्थलमा प्रहरी खटाइएएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख रमेश पालले बताए ।
हिजो मात्रै जिल्लाको शिवनाथ ६ बसेडीमा घर भक्तिदा तिनजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की रहेका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८ ०९:२८
प्रतिक्रिया दिनुहोस्