Sagun Khabar
बर्षा रोकिएपछि ढुंगाडमा केहि सहज, खानबस्नको चिन्ता 

बैतडी-बर्षा रोकिएसंगै बैतडीको सिगास गाउँपालिका–५को ढुंगाडमा फसेका ब्यक्तिहरु वारपार गर्न सक्ने भएकाछन् । आइतबार रातिदेखि लगातारको बर्षाले टापुमा फसेका व्यक्तिहरु अहिले नदिको वहाव कम भएपछि वारपार गर्न सक्ने भएको वडाअध्यक्ष रामबहादुर धामीले बताए ।

उनले भने‘सेति नदिको चारै तिरबाट आएको भंगालो केहि कम भएसंगै स्थानियबासी ज्यान जोगाउन सफल भएकाछन् । तर के खाने ? कहाँ बस्ने ? भन्ने चिन्ता छ । ५ओटा घर बाढीले गाएको छ । अन्य केहि घरभित्र पानी पसेर मालसमान नष्ट भएकाछन् । १सय ५० बिगाह जमिन बगरमा परिणत भएको छ ।’ स्थानियबासीको बिचल्ली भएपनी उद्धार तथा राहतका लागी सरकार मौन रहेको उनले गुनासो गरे । 

Atrya hospital

धामीले भने, ‘हिजो टापुमा फसेका व्यक्तिहरुको उद्धारका लागी प्रदेश सरकार र केन्द्र सरकारलाई भेटेरै अनुरोध गर्दा कुनै पहल भएन् ।’ काठ्माण्डौँमै रहेका सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले प्रधानमन्त्री सेरबहादुर देउवालाई भेटेरै उद्धारका लागी अनुरोध गरेका थिए भने, धनगढीमा रहेको गाउँपालिकाका प्रवक्ता तथा वडा न. ५का वडाअध्यक्ष रामबहादुर धामीले मन्त्रालयमै गएर अनुरोध गर्दा समेत प्रदेश सरकारले कुनै पहल नगरेको उनले बताए ।

ढुंगाडबासी बर्षा कम भएसंगै ज्यान जोगाउन सफल भएपनी खानबस्न समस्या भएको स्थानिय शिक्षक मिन बहादुर चन्दले बताए ।

स्थायिबासीको पाकिसकेको र पाक्नै लागेको धान, कोदो र बदाम लगाएको खेत बगरमा परिणत भएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १२:२९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update