Sagun Khabar
कोरोनाबाट मृत्यु भएका युवकको सम्पर्कमा रहेका बैतडीका १४ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी–कोरोनाका कारण मृत्यु भएका बैतडीका युवकको सम्पर्कमा रहेका १७ जना मध्ये १४ जनामा कोरोना पुष्टि भएको छ । बैतडीको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ३३ बर्षीय पुरुषको कोरोना कारण यही वैशाख १४ गते डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

मृतकको सम्पर्कमा रहेका १७ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । संक्रमितको मृत्युभएपछि सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । 

संक्रमण पुष्टि भएकाहरु घरमै होम आइसोलेसनमा रहेका स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । पछिल्लो समय गाउँगाउँमा कोरोनाको संक्रमण फैलिसकेकाले स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न उहाँले आग्रह समेत गरे । उनले भने ‘कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरौं । स्वास्थ्यका मापदण्ड पालना नगरेमा भयावह स्थिती आउन सक्छ ।’

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update