बैतडी-प्रधानमन्त्री सेर बहादुर देउवा बाढी प्रभावित क्षेत्र बैतडीको सिगास गाउँपालिका ५ ढुंगाड पुगेर फर्किएकाछन् ।
गत आइतबार देखीको आविरल बर्षाले सेति नदिमा आएको बाढी प्रभावित क्षेत्र ढुंगाडको स्थलगत भ्रमण पछि देउवा डडेल्धुरा प्रस्थान गेकाछन् ।
प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रको हेलिकप्टरबाटै अनुगमन गरेकाछन् । आकासमा तिन चक्कर लगाएर पभावित क्षेत्र गरेका प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रका व्यक्तिहरु संग भेट गरी डडेल्धुरा प्रस्थान गरेका छन् ।
देवाले करिब २० मिनेट जति स्थानियबासीहरु संग भेटेको स्थानिय घनस्याम धामीले बताए ।
उनले भने ‘प्रधानमन्त्री ज्युले बढीमा ३ मिनेट सम्बोधन गर्नुभयो । हाम्रा समस्याका बिषयमा केहि व्यवस्था गरिसकेको र केहि अब गर्ने कुरा राख्नुभयो । अन्य जिल्लामा पनि कार्यक्रम रहेको भन्दै फकिएनुभयो ।’ प्रधानमन्त्री देउवालाई ढुंगाडबासीले आफ्ना समस्याहरु बारे ज्ञापनपत्र बुझाएका पेश गरेकाछन् ।
बर्षाका कारण सेति नदिमा बाढी आएपछि सिगास ५ ढुंगाडका करिब २सय रोपनि धान खेत बगरमा परिणत भएको छ भने, ५ घर भक्तिएकाछन् ।
बाढीले गाउँ नै घेरेपछि २दिनसम्म स्थानियबासीहरु टापुमा अड्किएका थिए । अहिले उनिहरुको घरमा गासबासको समस्या भएको छ ।