बैतडी - बेमौसमी वर्षा सगैं आएको बाढि पहिरोले हुने खानेलाइ भन्दा के खाउ के लाउ भन्ने नागरिकहरूलाइ बढि असर गरेको छ ।
सुर्नया २ ग्वानि बसँइमा प्रताप लुहारको खेत सहित घरको आगन पहिरोले लादा घर नै जोखिममा रहेको भारतको बेङ्लोरमा मजदुरि गरिरहेका प्रताप लुहारले बताएका छन ।
आफू संग भएको सानो खेत सहित आगन पहिरोले लगेपछि श्रीमती छोराछोरि अर्काको घरमा बसिरहेका लुहारले बताउनुभयो । आफू रोजगारिको सिलसिलामा भारतमा रहेको र घरमा श्रीमति साना छोराछोरि मात्र भएको कारण कतै पहल गर्न समेत नसकेकोले राज्य कोषबाट मिल्ने सहयोग गरिदिनका लागि लुहारले स्थानिय सरकारलाइ आग्रह समेत गरेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८ ०८:३०
प्रतिक्रिया दिनुहोस्