बैतडी-बैतडीको सिगास गाउँपालिका ५ ढुंगाडमा गत ३१ असोज देखि २ कात्तिक सम्म भएको अविरल बर्षाले १सय १० घरपरिवार प्रभावित भए । गाउँमा सेति नदीको बाढी पसेपछि ३दिन सम्म टापुमा थुनिएका स्थानियबासी अहिले पनि निकै समस्यामा छन् ।
बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री सेर बहादुर देउवा र सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्रि त्रिलोचन भट्ट समेत पुगे । बाढी बाट प्रभावित भएको २हप्ता पुगेपनि ढुंगाडबासीले केहि राहत पाएका छैनन् ।
केन्द्र सरकार र प्रदेश सरकारका प्रमुखहरु त्यहाँ पुगेपनि घर नजिकैको भनिएको स्थानिय सरकारका व्यक्ति आफुहरु संग नपुगेको स्थानिय राम खडायतले बताए । उनले भने‘मेरो घर भित्र पानि पसेर सबै मालसमान बिग्रियो । बचेका कपडा र केहि सामानहरु ओढारमा राखेका छौँ । बस्नलाई टहरो छैन् । छिमेकीको घरमा खाना खाने र कसैको घर गोठमा बास बस्ने गरेका छौँ ।’ अहिले सम्म गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, विपद साखाका व्यक्ति कोहि नपुगेको उनले बताए ।
जनता यसरी घरबार बिहिन हुदाँ कोहिपनि अहिले सम्म एक त्रिपाल दिन समेत नआएको स्थानिय कृष्ण खडायतले बताए । ‘यसरी ओढारको साहारा लिनुपरेका जनतालाई स्थानिय सरकारले एउटा त्रिपाल मात्रै दिएको भएपनि राहत हुनेथियो ।’ उनले भने ।
स्थानीय प्रताप महराको घर बाढीले बगाएपछि अहिले उनि छिमेकीको घरमा बसेर किरिया गरिरहेकाछन् । महराले भने‘बाढीले घर लगे संगै घरभित्रका सबै माल समानहरु नष्ट भए, काट्न ठिक्क भएको धान सहितको खेतबारी सबै बगरमा परिणत भयो । न एक टुक्रा जमिन रह्यो । न बास बस्ने ठाउँ रह्यो । हामि बाढी आउनु पुर्व भाग्न सफल भयौँ र बल्ल बाँच्यौँ । यस्तो पिडामा परेका हामीलाई कुनैपनि सरकारले सहयोग गरेको छैन् ।’
स्थानिय कृष्ण थापाले भने ‘जिल्लामा रहेको बिपद व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी, रेडक्रसका व्यक्ति, पत्रकार कोहिपनि हाम्रो गाउँमा पुगेनन् । प्रधानमन्त्री र मुख्य मन्त्री आएको दिन केहि नेताहरु र पत्रकार आएका थिए भन्ने सुन्यौँ तर उनिहरुले कसैको पिडा बुझेनन् । प्रधानमन्त्री पुगेको १०मिटर वरिपरि घुमेर गए । बैतडीका सांसद दामोदर भण्डारी पनि आउनुभयो । उहाँ सबै घरमा पुग्नुभयो । हाम्रो समस्या समाधान गर्छु भनेर आश्वासन त दिनुभएको छ । अब केहि गर्छन् या गर्दैनन् । त्यो थाहा छैन् । हामीले सधैँ हामीलाई भेट्न आउनुस भनेको होइन् । तर पीडितका लागि सरकार नभएको महशुस भयो ।’
यता जिल्ला विपद व्यवस्थापन समित अध्यक्ष समेत रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे दशैँ अघि देखि विदामा गएकोमा अझै फर्किएका छैनन् । जिल्लाका सयौँ परिवार बाढी पहिरोबाट विस्थापित भएपनि सबैभन्दा पहिला प्रमुख जिल्ला अधिकारीको टोलिप्रभावित क्षेत्रमा पुुग्ने गरेको थियो । तर बैतडीका प्रमुख जिल्ला अधिकारी पिडितको सम्पकर्म आएनन् । प्रमुख जिल्ला अधिकारी तिहार पछि मात्रै जिल्ला फर्किने निमित्त प्रजिअ खगेन्द्र भारतीले बताए । आज सम्म प्रहरी मात्रै बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका उनले बताए । सिगास गाउँपालिका भरी बाढीले ७सय रोपनी जमिनमा क्षति गरेकाले तटबन्धका लागि सिचाई डिभिजन कार्यालय तयारीमा लागेको उनले बताए ।
गाउँपालिका अध्यक्ष धामी कार्यक्रम सहित पीडितलाई भेट्न जादैँ
यता सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बाढी प्रभावित क्षेत्रमा जानको लागि तयारी गरिरहेको बताएकाछन् । उनले भने‘अरुले पीडित क्षेत्रमा जानुको खासै अर्थ हुदैँन् । हामी कार्यक्रम सहित जादैछौँ । प्रधानमन्त्री र मुख्य मन्त्रि हाम्रै पहलमा आएका हुन् । पिडितलाई तत्कालको समस्या र दृघकालिन समस्या समाधानको लागि योजना बनाउन हामी हाम्रो पालिकाको टिम सहित त्यहाँ पुग्छौँ वास्तविक समस्याको अध्ययन गरि समाधार गछौँ ।’