बैतडी-बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तड बस्ने अपांगता भएका ब्यक्ति हरिश सिंह ऐरीले आर्थिक सहयोगका लागि अनुरोध गरेकाछन् । (क) वर्गको अपांगता भएका ऐरीको घर निर्माणमा समस्या भएपछि उनले आर्थिक सहयोगका लागी अपिल गरेको बताए ।
अहिले ४० बर्ष पुगेका ऐरीले कक्षा ११मा पढ्ने बेलामा बाथरोगका कारण दुबै खुट्टा गुमाउनु परेको थियो । स्कूल पढ्दा कक्षामा सधैँ प्रथम÷द्धितिय क्षेणिमा पास हुने ऐरीको खुट्टामा समस्या आएपछि पढाई छुटेको थियो । खुट्टा गुमेपछि ऐरी अहिले ह्वील चेयरको प्रयोग गर्दै आएकाछन् । उनलाई जनता आवास कार्यक्रम मार्फत घर निर्माणका लागी ३लाख रकम पाइने भएपछि घर बनाउन सुरु गरेकाछन् ।
५ लाख रकममा अपांग मैत्रि घर बनाउन सकिनेमा रकम अभाव भएकाले सहयोगका लागी अनुरोध गरेकाछन् ।
ऐरी ५ भाइबैनी मध्ये घरका जेठा छोरा हुन् । उनले बिवाह गरेकाछैनन् । ऐरीले बिगतमा बाथरोगको उपचारमा गाउँघरमा जडिबुटि र काठ्माण्डौँका अस्पतालमा उपचार गरेपनि निको हुन सकेको छैन् । उनलाई अहिले बाथरोगका साथै पायल्सको समेत समस्या रहेको छ ।
घरको आर्थिक अवस्था नाजुक भएकाले सहयोगी मन भएका ब्यक्तिहरुबाट आर्थिक सहयोगको अपेक्षा सहित अनुरोध गरेको ऐरीले बताए । उनलाई सहयोग गर्न चाहने ब्यक्तिले ग्लोवल बैंक खोचलेकमा रहेको खाता न. एफ १०७०१०००१७३३ मा रकम जम्मा गर्न सकिनेछ ।